पत्नी हत्याको आरोपमा शशि थरुरलाई सफाइ

 भदौ २, २०७८ बुधबार १३:४८:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – दिल्लीको एक अदालतले भारतीय कांग्रेसका नेता शशि थरुरलाई उनकी पत्नी सुनन्दा पुष्करको हत्याको सबै आरोपमा सफाइ दिएको छ । 

अदालतको प्रमाणको कमीको आधारमा थरुरमाथि आत्महत्या दुरुत्साहनको मुद्दा खारेज गरेको बीबीसीमा उल्लेख छ । 

सुनन्दा पुष्कर सन् २०१४ जनवरी १७ मा दिल्लीको एक पाँच तारे होटलमा मृत भेटिएकी थिइन् । 

सुरुमा उनको मृत्युलाई आत्महत्या मानिएको थियो तर पछि दिल्ली प्रहरीले उनको हत्या भएको बताएको थियो । यद्यपि दिल्ली प्रहरीले कुनै संदिग्धको नाम लिएको थिएन । 

सन् २०१८ मा दिल्ली प्रहरीले शशि थरुरमाथि आफ्नी पत्नीलाई आत्महत्या गर्न उक्साएको र क्रुरताको आरोप लगाएको थियो । 

दिल्लीको पटियाला हाउस कोर्टले यस मामिलामा थरुरलाई दोषी मानेको थियो । 

यद्यपि त्यो बेला शशि थरुरले ट्वीट गर्दै आफूमाथि लगाइएको आरोप आधारहीन बताउँदै त्यसविरुद्ध लड्ने बताएका थिए । 

अदालतले सफाइ दिने निर्णय गरेपछि शशि थरुरले न्यायाधीश गीताञ्जली गोयलप्रति आभार प्रकट गरेका छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया