लण्डनमा भूतपूर्व गोर्खाहरुले सुरु गरेको अनशन तोडियो

 भदौ ४, २०७८ शुक्रबार ६:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

स्राेत : लण्डन नेपाल न्युज

काठमाण्डाै - बेलायती सैनिक समान पेन्सनलगायतका अधिकारकाे माग गर्दै बेलायतको लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरूले सुरु गरेको भोक हड्ताल तोडिएको छ ।

बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरि उनीहरुका समस्या समाधान गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन तोडिएको हो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायतका रक्षा राज्यमन्त्री लियो डोचेर्टीले जुस पिलाएर अनशन तोडाएका हुन् । भूपू गोर्खाहरूको पेन्सनलगायतका विषयमा गोर्खा प्रतिनिधि, नेपाल सरकार र  बेलायत सरकारबीच आउँदो भदौ २३ गते त्रिपक्षीय वार्ता हुने सहमति भएको छ ।

नेपाल र बेलायत सरकारबीच भूपू सैनिक गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिको रोहवरमा वार्ता हुने समितिका सल्लाहकार रविन चाम्लिङ राईले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया