अमेरिकाले आउँदो महिनादेखि कोरोनाविरुद्धको खोपको 'बुस्टर' डोज लगाउने

 भदौ ४, २०७८ शुक्रबार १६:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अमेरिकाले आउँदो महिनादेखि सबै अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा लगाउने भएको छ । सबैभन्दा पहिले आठ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ होममा बस्नेहरू र वृद्धवृद्धालाई बुस्टर मात्रा दिएर त्यसपछि लगातार सबै नागरिकलाई बुस्टर मात्रा लगाउने अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको डेल्टा भेरियन्टका कारण सङ्क्रमण बढेको र समयसँगै खोपको प्रभावकारिता घट्दै जाने विवरणहरू प्राप्त भएकाले बुस्टर डोज लगाउन लागेको राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले बताउनुभएको छ ।

अमेरिकामा अघिल्लो महिनाको सुरुदेखि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अस्पतालहरूमा बिरामीको सङ्ख्या बढेपछि मास्क लगाउने लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न थालेकोमा खोपको बुस्टर मात्रा पनि लगाउन लागिएकाे हो ।

ह्वाइट हाउसले फाइजर र मोर्डना खोप लगाएकाहरूलाई बुस्टर डोज लगाउने निर्णय गरिसकेको र जोन्सन एन्ड जोन्सन लगाएकाहरूका लागि थप अनुसन्धान आवश्यक पर्ने जनाएको छ । द

अन्तिम अपडेट: जेठ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया