दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले बनायो २ सय १२ रन

 भदौ ५, २०७८ शनिबार ७:५७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तान र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले २ सय १२ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनमा ४ विकेटको क्षतिमा २ सय १२ रन बनाएको हो ।

तीन ओभरमा तीन विकेट गुमाएर खराब सुरुवात गरेको पाकिस्तानका लागि बाबर आजम र फाओड आलमको १ सय ५८ रनको साझेदारीमा टिम सम्हालिँदै  २ सय १२ रन बनाउन सफल भयो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ७५ रन बनाउँदै केमरोजको बलमा क्याचआउट भए भने  फरवार्ड आलमले ७६ रन बनाएर घाइते भए पछि मैदानबाट बाहिरिए । त्यसपछि मैदान सम्हाल्न आएका माेहम्मत रिजवानले नटआउट २२ रन र फहिम असरफ २३ रन बनाउँदै क्रिजमा रहेर पहिलो दिनको खेल समाप्त भएको छ ।  

पहिलो टेस्ट क्रिकेट वेस्ट इन्डिजले एक विकेटले जितेको थियो । चार खेलको टी–ट्वान्टी र दुई खेलको टेस्ट श्रृङ्खलाका लागि पाकिस्तान वेस्ट इन्डिजको भ्रमणमा छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया