लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

 भदौ ७, २०७८ सोमबार १७:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ ।

विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन ।  आजको बैठक एमालेले भने बहिष्कार गरेको  छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेश सभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । 

प्रदेश सभामा रहेका कुल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुल सङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराउनुभयो । ‘हुन्न’ भन्ने पक्षमा शून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहनुभएको थियो ।

तर आजको दोस्रो बैठक र तेस्रो बैठक एमालेले बहिष्कार गरेको छ । तेस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुभएको छ ।  

मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गर्नुभयो । उहाँले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय प्रक्रियालाई अवराेध गर्न नहुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया