यस्ताे छ राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी

 भदौ ७, २०७८ सोमबार २०:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाण्डौमा सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

क्रिकेट टाेलीकाे नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनाेट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ ।

नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख सुलभ बुढाथोकीले सार्वजनिक गरेका छन् । जर्सीको डिजाइनबापत डिजाइनर आदर्श पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

आज सार्वजनिक भएको जर्सीमा नेपाली संस्कृति झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रङ्गमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय टाेलीका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिति रहेको थिएन । काठमाण्डाैमा भएको सिरिज अघि नयाँ प्रायोजकसहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुुष्टि जनाएपछि क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरूबाट खुला प्रतिस्पर्धा गराइ नयाँ जर्सीको डिजाइन मागिएको थियो ।

आज सार्वजनिक भएको जर्सी मङ्गलवार (भोलि) ओमान जाने नेपाली टाेलीले लगाउने छ । आईसीसीको गाइड–लाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको नेपाल क्रिकेट सङ्घले बताएको छ ।   

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया