पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरी

 भदौ ९, २०७८ बुधबार ७:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङखला बराबरी भएको छ ।

दोस्रो टेस्टमा पाकिस्तान १ सय ९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङखला बराबरी भएको हो । पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो । पाकिस्तानले जितका लागि दिएको तीन सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज २ सय १९ रनमा समेटियो ।

वेस्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक ४७ रन बनाए । कप्तान क्रेग ब्रेथवेट ३९ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै नौमान अलीले ३ र हसन अलीले २ विकेट लिए । चौथो दिन पाकिस्तानले दोस्रो पारीमा ६ विकेट गुमाएको अवस्थामा १ सय ७६ रनमै पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा १ सय ५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पाकिस्तानका फवाद आलम १ सय २४ रनमा अविजित रहे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया