सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गरिने भएको छ। यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले नृसिहं जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको हो ।
यसवर्षको नृसिंह जात्रा पाटनको गाःबहाल दुने चोकका कोमलेशानन्द राजोपाध्याय्को परिवारबाट सञ्चालन गरिने छ । ललितपुरका राजोपाध्याय समुदायले पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ । जात्राको क्रममा पाटनको गाबहाल, पिम्वहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पुर्णचण्डी लगायत विभिन्न ठाउँमा नृसिंह देवगण सहित अप्सरा गण लगायतले यात्रा गर्ने चलन छ।
नेपाल संवत् ७५१ अर्थात विक्रम संवत् १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ। हरेक वर्ष साउन कृष्ण पञ्चमीका दिन सञ्चालन गरिने नृसिंह जात्रा पर्सि शुक्रबार सञ्चालन हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।