सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरि बिक्री वितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौको बालाजुमा अगत नेपाल भेन्चर प्राली नामको कम्पनीमा म्याद गुज्रेका खाद्यवस्तुमाथि रिलेभलिङ गर्ने कार्यमा संलग्न चन्द्रागिरी नगरपालिकाका ६ का ३१ वर्षीय सुवास खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले मंगलबार पक्राउ गरेको हो । खड्का कम्पनीमा सुपरभाइजरको काम गर्दै आएका थिए । प्रहरीका अनुसार कम्पनीका सञ्चालक मोरङका प्रभात देव भने फरार रहेका छन् ।
कम्पनीबाट डाइजेस्टिभ, क्रन्ची, कोकोनट, बटर कुकिज लगायत बिस्कुट, पास्ता, सेवाई कर्नफ्लेक्स लगायत म्याद गुज्रिएका सामानहरुलाई नयाँ मिति राखेर बिक्रीको लागि तयार गरिएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रालीबाट प्रहरीले रिलेभलिङ गर्ने मेसिन र लेभल मेट्न प्रयोग हुने केमिकल एक एक थान पक्राउ गरेको छ ।
अगत प्रालीबाट सामान खरिद गरेका थोक तथा खुद्रा बिक्री बिक्रेताहरुलाई ती सामान बिक्री नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।