अलमुताइरीकाे स्टाटस : ‘आई एम आउट, लेट पाेलिटिक्स वर्क’

 भदौ ९, २०७८ बुधबार १८:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने सङ्केत दिएका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगकाे विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीको भनाइ बाहिर आएको हो । प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले बानी सुधार गर्नुपर्नेसहित ११ बुँदे सुझाव दिइएकाे छ । 

उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘म बाहिरिएँ, राजनीतिलाई काम गर्न दिनुहाेस् ।’ 

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र एन्फाका उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले बुधवार (आज) राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ । 

१४ दिन लामो छानबिन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्णकेशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् । 

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल सङ्घ एसियाली फुटबल महासङ्घको नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने बताइएकाे छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Binod Kumar Gautam

    Aug. 26, 2021, 8:19 a.m.

    अब आनन्द भयों होला …. अब आफूले ज़े भन्यो, त्यही मान्नेलाई ल्याएर कोच बनाउनुस.. कुनै समस्या नै आऊदैन/ टीम को परिणामको त के मतलब भयों र…. खेल हो, हार जीत त हुँदै गर्छ नि .. कसैले तपाईले गरेको काम राम्रो भएन भनेर उजुरी गर्यो भने चाई समिती बनाउनुस, अनि मिलाएर त्यस्को पत्ता कट गर्दिनुस त्यसपछि त सक्किगो नि ........

  •  0 Reply

तपाईको प्रतिक्रिया