ललितपुरमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' सञ्चालनमा
पुस १, २०८१ सोमबार
काठमाण्डाै - अबको केही दिन देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । गएको २४ घण्टामा लुम्बिनी प्रदेशमा अति ठूलो वर्षा भएको छ।
प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा भएको छ । एक सय मिलीमिटर भन्दा धेरै पानी परे अति ठूलो वर्षा भनिन्छ । लुम्बिनी प्रदेशका भैरहवा, रुपन्देही, नवलपरासी पश्चिममा अति ठूलो वर्षा भएको छ ।
यस्तै, प्रदेश-२ मा धनुषामा र प्रदेश-१ को झापामा सबैभन्दा धेरै वर्षा भएको छ । यस्तै, वाग्मती प्रदेशमा मकवानपुरको भोर्लेनीमा ठूलो वर्षा भएको छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यमखालको झरी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । मनसुनी गतिविधि थप सक्रिय रहेकाले केही दिन अझै झरी पर्ने उहाँको भनाइ छ ।
लगातार वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । नवलपरासीको अरूण खोला लगायतका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने हुँदा तटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
नवलपरासी डण्डामा रहेको वर्षामापन केन्द्रमा ठूलो वर्षामापन भएको र थप वर्षा हुने सम्भावना रहेकाले डण्डा, कावासोती, गिरिउवारीलगायत अन्य साना नदीहरुमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, आज कोशी, कर्णाली र नारायणीका सहायक नदीहरूमा बहाव बढ्ने भएकाले पानी सतह सतर्कता तह आसपास पुग्न सक्ने अनुमान छ । यस्तै, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
नेपालमा मनसुन भित्रिएको साढे दुई महिना भएको छ । यो अवधिमा औसतभन्दा धेरै वर्षा भएको छ । वर्षा पछि आएको बाढी पहिरोका कारण सिन्धुपाल्चोक र मनाङमा धेरै क्षति भएको छ । गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । सामान्यतया नेपालबाट सेप्टेम्बर २३ तारिखमा मनसुन बाहिरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।