भारतसँगको तेस्रो टेस्ट क्रिकेटकाे पहिलो पारीमा इङ्ग्ल्यान्डलाई फराकिलो अग्रता

 भदौ ११, २०७८ शुक्रबार ७:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कप्तान जोए रुटको १ सय २१ रनको शतकीय पारीसँगै घरेलु टिम इङ्ग्ल्यान्डले भारतसँगको तेस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा फराकिलो अग्रता बनाएको छ । लिड्समा दोस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले ३ सय ४५ रनको अग्रता बनाएको छ ।

इङ्ग्ल्यान्ड ८ विकेट गुमाएर ४ सय २३ रन बनायो । इङ्ग्ल्यान्डका कप्तान रुटले १ सय २१ रन बनाउँदा डेबिड मालनले ७० रनको अर्धशतकीय पारी खेले भने हासिब हामिदले ६८ रन बनाए । यस्तै, रोरी बुर्न्सले ६१, जोनी बेयर्स्टोले २९, क्रेग ओभर्टन २४ बनाए ।

भारतका मोहमद शामीले ३ विकेट लिए भने मोहमद सिराज र रविन्द्र जडेजाले दुई/दुई विकेट लिए । यसअघि पहिलो पारीमा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । भारतका रोहित शर्माले १९ र अन्जिका रहानेले १८ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । इङ्ग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले तीन/तीन विकेट लिए भने साम कुरान र ओई रोबिन्सनले दुई/दुई विकेट लिए । पाँच खेलको श्रृङ्खलामा भारत १–० ले अघि छ । पहिलो टेस्ट क्रिकेट भने वर्षाको कारण बराबरीमा सकिएको थियो । दोस्रो टेस्ट क्रिकेटमा भारत १ सय ५१ रनले  विजयी भएको थियो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया