पूर्व-पश्चिम राजमार्गअन्तर्गत घोडाहा खोलाको पक्की पुल भासियो, गाडीको आवतजावत ठप्प

 भदौ ११, २०७८ शुक्रबार ९:५०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षा पछि आएको बाढीका कारण देवदह–७ शीतलनगरमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको प्रहरीले जनाएको छ ।

पुल भासिएपछि राजमार्गमा गाडी चलेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ । यस्तै, लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । यस्तै, अविरल वर्षापछि आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तरगत  नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा डाइभर्सन बगाउँदा त्यहाँ पनि गाडीको आवतजावत रोकिएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयो । 

तस्बिर : भवानी प्रसाद पाण्डे 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया