कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सरकारले सुझाएका स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर विश्व शान्तिको कामनासहित ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा शुक्रवार सम्पन्न भएको छ ।
हरेक वर्ष साउन कृष्ण पञ्चमीका दिन पाटनमा नृसिंह जात्रा हुने गर्दछ । कोरोना भाइरसको सङ्क्रमणका कारण परम्परालाई निरन्तरता दिनका लागि यस वर्ष नृसिंहसहित लक्ष्मी, सरस्वती र प्रह्लादलाई मात्र नगर परिक्रमा गराइ साधारण तरिकाबाट जात्रा सम्पन्न भएको हो ।
धार्मिक यात्राका लागि प्रस्थान गर्नुअघि पालोवालाको घरमा नृसिंहलगायत अन्य देवगणलाई पूजा गर्ने चलन छ। परिवारजन एवम् अन्य भक्तजनको पूजापछि नृसिंह, लक्ष्मी र सरस्वतीलाई दायाँ–बायाँ राखेर नगर परिक्रमामा निस्किन्छन् । विभिन्न परम्परागत बाजागाजा, भजनसहित गाएर ६ जोडी अप्सरा चमर, पंखा, कचाेलगायतका सामान लिएर नृसिंह जात्रामा सहभागी हुन्छन् ।
पाटनको गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पुर्णचण्डीलगायत ठाउँमा नृसिंह यात्रा हुन्छ ।यसरी परिक्रमा गर्ने कममा नृसिंहलाई ठाउँ ठाउँमा भक्तजनले पूजा गर्छन् ।
भक्त प्रह्लादले नमस्तेको मुद्रामा हातमा धूप लिएर नरसिंहतिर हेरेर उल्टोबाट पाइला चालेर नगर परिक्रमा गर्दछन् । नृसिंहले पछाडितिर कपडाको पुतली लतारेर लगेका हुन्छन् । लतारेको कपडाको पुतली छोयो भने बाल बालिकाको रुन्चे भाग्छ भन्ने जनविश्वास छ । तर नृसिंहको स्वरूप डरलाग्दो हुने भएकाले गर्भको बच्चा डराएर गर्भपतन हुने जनविश्वास पनि छ ।
पुराणअनुसार आधा मानव आधा सिहंको स्वरूपमा रहेका नरसिंह विष्णुको चौथाे अवतार हुन् । पुराणमा हिरण्यकश्यपकाे अत्याचार सहन नसकेर नरसिंहले आफनो काखमा राखेर न दिन न रातको समयमा नङले वध गरेको उल्लेख छ । मल्ल राजा सिद्धिनरसिंहले चलाएको कार्तिक नाचका क्रममा निस्कने नृसिंहलाई उग्ररूपको नृसिंह मानिन्छ भने आजका दिन निस्कने नृसिंहलाई शान्त स्वभावको रूपमा लिइन्छ ।
ललितपुरको षटकुल राजोपाध्याय समुदायले पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा सञ्चालन गर्ने गर्दछन् । यस वर्ष कोमलेशानन्द राजोपाध्यायकाे परिवारले यो जात्रा सञ्चालन गरेको हो । यस वर्ष पाटनको गाःबहाल दुने चुकबाट सुरु भएको नृसिंह यात्रा त्यहीँ पुगेपछि वैदिक पूजापछि सम्पन्न भएको हो ।
नेपाल संवत् ७५१ अर्थात विक्रम संवत् १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।