चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – तालिबानले नियन्त्रणमा लिएयता अफगानिस्तानकाे अवस्था झन् बिग्रिँदै गएकाे छ । हिजाे बिहीवार राति काबुल विमानस्थलबाहिर भएकाे विस्फाेटमा १३ अमेरिकी सैनिकसहित कम्तीमा ९० जनाकाे ज्यान गइसकेकाे छ ।
विस्फाेटमा घाइते हुनेकाे सङ्ख्या एक सय ५० नाघेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार इस्लामिक स्टेटले आत्मघाती आक्रमणकारीले ‘अमेरिकी सेनाका सहयोगी र अनुवादकहरू’ लाई निसाना बनाएको बताएको छ ।
सामाजिक सञ्जालमा राशिद खानले लेखेका छन्, ‘काबुलमा फेरि रगत बगिरहेकाे छ अफगानीलाई मार्न बन्द गर ।’
यसैबीच अफगानिस्तानका स्टार क्रिकेटर राशिद खानले सामाजिक सञ्जालमा एक मार्मिक अपिल गरेका छन् । उनले रक्तपात राेक्न माग गर्दै अफगान नागरिकलाई नमार्न अपिल गरेका छन्
बेलायतमा टी–२० खेलिरहेका राशिद खानका परिवार अहिले अफगानिस्तानमा छन् ।
अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको छ । तालिबानसँग सहमति गरेअनुसार अमेरिकाले उद्धार कार्य यही अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।