चिकित्सक संघले गर्‍याे बिरामी भर्ना नगर्नेदेखि, अपरेशन नै नगर्नेसम्मका आन्दोलनको घोषणा

 भदौ १५, २०७५ शुक्रबार १९:३२:७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल चिकित्सक संघले भदौ १ देखि लागु भएको नयाँ कानुन संशोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ । 

आज पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी दिनुभयो । यस्तै सोमबार स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार बिरामी भर्ना नगर्ने, बुधबारदेखि आकस्मिक बाहेकका अपरेशन नगर्ने संघले चेतावनी दिएको छ । 

यस्तै माग पूरा नभएमा शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने उसको चेतावनी छ । भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐन, मुलुकी अपराध ऐन २०७४ र मुलुकी भौजदारी कार्यविधि ऐन २०७४ ले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गरेको प्रधानले आरोप लगाउनुभयो । 

नयाँ ऐनले बिरामीहरुको सहज उपचारमा कठिन हुने भएकाले त्यसमा संशोधन नभएसम्म बिरामीको उपचार गर्न नसकिने उहाँले बताउनुभयो । नयाँ ऐनमा चिकित्सकको लापरवाहीका कारण बिरामीको ज्यान गएमा त्यस्ता चिकित्सकलाई ५ वर्षको जेल सजाय हुने सक्नेसहितका व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया