राेनाल्डाेले युभेन्टस छाड्न चाहेकाे बारे मलाई जानकारी गराएका छन् : प्रशिक्षक एलिग्री

 भदौ ११, २०७८ शुक्रबार १८:१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युभेन्टसका प्रशिक्षक मिसिमिलयानाे एलिग्रीले पाेर्चुगलका स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाेले क्लब छाड्न चाहेकाे बताएका छन् । 

सिरी ए मा शनिवार इम्पाेलीसँगकाे खेलअघि भएकाे पत्रकार सम्मेलनमा युभेन्टसका प्रशिक्षक एलिग्रीले यस्ताे बताएका हुन् । क्रिस्टियानाे राेनाल्डाेले युभेन्ट्स छाड्ने खबर सार्वजनिक भइरहेका बेला प्रशिक्षकले यस्ताे बताएका बीबीसीले जनाएकाे छ ।   

पत्रकार सम्मेलनमा उनले भने, ‘हिजाे क्रिस्टियानाे राेनाल्डाेले मलाई युभेन्टसबाट अब खेल्न नचाहेकाे बताएका थिए । यही कारण भाेलिकाे खेलका लागि उनलाई बाेलाइएकाे छैन ।’

युभेन्टससँगकाे सम्झाैता बाँकी नै रहे पनि राेनाल्डाेलाई इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले अनुबन्ध गर्न लागेकाे खबर पनि सार्वजनिक भएका छन् ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया