के मुख्य प्रशिक्षक वाटमाेरले राजीनामा दिएका हुन् ?

 भदौ ११, २०७८ शुक्रबार १९:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएको कुरा पुष्टि नभएको बताएको छ ।

केही भारतीय सञ्चारमाध्यमले वाटमोरले राजीनामा दिएको उल्लेख गरेपछि सामाजिक सञ्जालमा यो विषयमा चर्चा भएको छ । तर क्यानका सचिव अशोकनाथ प्याकुरेलले आफूले पनि वाटमोरको राजीनामाबारे हल्ला सुनेको तर पुष्टि नभएको उज्यालोलाई जानकारी दिनुभयो ।

वाटमोरले राजीनामाबारे औपचारिक रूपमा पत्र या इमेल पठाएको आफूलाई जानकारी नभएको प्याकुरेलको भनाइ छ । वाटमोर २०७७ सालको पुसमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । 

वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका एक सय आठ म्याच खेलेका छन् । ​वाटमोरले सन् १९९६ मा श्रीलङ्कालाई विश्व कप जिताएका थिए । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया