अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
थाइल्याण्ड जान लाग्दा गैरकानुनीरुपमा विमानस्थलबाट फर्काइएको भन्दै माओवादीका पूर्व लडाकु लेनिन बिष्टले सर्वोच्च अदालतमा आज रिट दायर गर्नुभएको छ ।
गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई दायर गरिएको रिटमा बिष्टले आफूलाई कानूनविपरीत विदेश जान रोक लगाएको दावी गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार सूर्य सुवेदीले व्यक्तिगत रिसइवीका कारण आफ्नो पदको दुरुपयोग गर्दै बिष्टलाई थाइल्याण्ड जान रोक लगाउनु भएको थियो ।
गृहमन्त्रालयले मौलिक हक नै हनन हुने गरी बिष्टलाई विदेश जान रोक लगाएको भन्दै सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालयलाई स्पष्टिकरण सोध्नुभएको थियो ।
त्यसपछि गृहमन्त्रालयले बिष्ट ५ वर्षअघि कल बाइपास गरेको आरोपमा पक्राउ परेका कारण विदेश जान नदिएको हास्यास्पद स्पष्टिकरण दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।