इंग्ल्याण्डले भारतलाई एक पारी र ७६ रनले हरायो

 भदौ १२, २०७८ शनिबार १७:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तेस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्डले भारतलाई एक पारी र ७६ रनले हराएको छ । लिड्समा आज २ विकेट गुमाएर दुई सय १५ रन बनाएको अवस्थाबाट चौथो दिनको खेल थालेको भारत २ सय ७८ रन बनाउँदा अलआउट भयो ।

भारतले ६३ रन बनाउँदा ८ विकेट गुमाएपछि फराकिलो अन्तरले हार्न बाध्य भयो । भारतका चेतेश्वर पूजाराले ९१, रोहित शर्माले ५९ र कप्तान विराट कोहलीले ५५ रन बनाए । इंग्ल्याण्डका ओइली रोविन्सनले पाँच, क्रियाग ओभर्टनले तीन तथा मोइन अली र जेम्स एण्डरसनले १/१ विकेट लिए ।

पहिलो पारीमा भारत ७८ रनमा अलआउट भएको थियो भने इंग्ल्याण्डले ४ सय ३२ रन बनाउँदै तीन सय ५४ रनको अग्रता बनाएको थियो । यो श्रृङ्खलामा इंग्ल्याण्डका कप्तान जोय रुटले लगातार तेस्रो शतक हानेका छन् । तेस्रो टेष्ट जितेसँगै पाँच खेलको श्रृङ्खला इंल्याण्डले १–१ को बराबरीमा ल्याएको छ । वर्षाले प्रभावित भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया