एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने सभामुखकाे निर्णय

 भदौ १३, २०७८ आइतबार १९:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय गर्नुभएको छ ।

निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही गर्नु नपर्ने निर्णय सभामुख सापकोटाले गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कारबाही गर्न नपर्ने सभामुखले बताउनुभएको सचिवालयले जनाएको छ ।

पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो । तर यसअघि नै सर्वोच्च अदालतले पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।  

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया