३० नम्बरको जर्सीमा मेस्सीको डेब्यु खेल, स्टेडियम खचाखच

 भदौ १४, २०७८ सोमबार ७:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्जेन्टिनी फरवार्ड लियाेनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट डेब्यु गरेका छन् । गएराति रिम्ससँग भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् ।

रिम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा ३० नम्बरको जर्सीमा उनी मैदान प्रवेश गरेका हुन् । मेस्सीले आफ्नो व्यावसायिक खेल जीवनमा बार्सिलोना बाहेक अर्को टिमबाट पहिलो पटक खेलेका हुन् ।

मैदानमा मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट बिक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सी नेइमारको ठाउँमा मैदान प्रवेश गरेका हुन् ।

खेलमा दोस्रो खेल पनि मैदान पस्दा दर्शकहरु मेस्सीको प्रतिक्षामा थिए । रिम्समाथि पीएसजीले  २–० को जित निकालेको छ । दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया