मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली काठमाण्डाै आइपुग्याे

 भदौ १४, २०७८ सोमबार १७:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली आज नेपाल आइपुगेकाे छ । २५ सदस्यीय भारतीय टोली पौने ४ बजे काठमाण्डौ आइपुगेकाे एन्फाका महासचिव इन्द्रमान तुलाधरले उज्यालोलाई जानकारी दिनुभयो । 

नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टोलीले पनि पोखरामा अभ्यास गरिरहेको छ । 

नेपाल र भारतबीच अहिलेसम्म १९ वटा खेल भएकोमा भारतले १३ खेलमा जित हासिल गरेको छ । नेपाल दुई खेलमा विजयी भएको छ । चार खेलमा बराबरी भएको छ ।   

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया