नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली आज साेमवार नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिने क्रममा उनले हजुरबुबा–हजुरआमाकाे देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित अंश यस्तो रहेको छ ।
नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्दै हुनुहुन्छ । साफ अगाडिको तयारी खेललाई कसरी लिनुभएको छ ?
नेपालमा आएर खेल्न पाउँदा खुसी छौँ । मैत्रीपूर्ण खेल खेल्न नेपालसँग त्यही सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्त्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थामा पनि नेपालले राम्रो हस्पिटालिटी दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौँ । मैत्रीपूर्ण खेल नेपालसँग खेल्न पाउँदा खुसी लागेको छ ।
नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ ?
यसअघि पनि नेपालसँग खेलेका छौँ । नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ । एएफसीमा आर्मीले राम्रो गरेको छ । नेपालले सधैँ राम्रो खेल्ने गर्छ । अहिलेको अवस्था नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ । राम्रो गर्ने टोली छ ।
अहिलेको अवस्थामा कोरोना व्याप्त छ । कठिन अवस्थामा पनि भारतले साफ तयारीलाई कसरी अगाडि बढाएको छ ?
अहिले हाम्रो अवस्था निकै कठिन छ । कठिन तरिकाले हामी अगाडि बढिरहेका छौँ । किनभने हाम्रो लिग सकिइसकेकाे छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफका लागि खेलाडी पर्याप्त मात्रामा अभ्यासमा थिएनन् । दुई हप्तादेखि तयारी गरेका छौँ । सिनियर खेलाडी पनि कमैमात्र छन् । नेपालसँग हुने दुई मैत्रीपूर्ण खेल हाम्रा लागि निकै महत्त्वपूर्ण छन् । यी दुई खेलपछि हामी साफका लागि माल्दिभ्स जाने हो । अहिलेको अवस्थामा धेरै सिनियर खेलाडी एएफसी कपमा खेलेका छन् । दुई वटा क्लबका आठ खेलाडी माल्दिभ्समा खेलिरहेका छन् । जसका कारण हामी समयमा नै अभ्यास थाल्न सकेनौँ । जुनियर खेलाडी टोलीमा समावेश भएका छन् । उनीहरूको प्रदर्शनबाट कोच सन्तुष्ट छन् । राम्रो भन्दा राम्रो खेल्ने हाम्रो लक्ष्य छ । म पनि पछिमात्र टोलीमा आबद्ध भएको हुँ । कोचलाई मात्र थाह छ, को खेलाडी खेलाउने को खेलाडीलाई नखेलाउने भन्ने ।
सुनिल क्षेत्रका फ्यान नेपालमा पनि धेरै हुनुहुन्छ । नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ ?
नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजुरबुबा, हजुरआमा यहीँबाट हुनुहुन्थ्यो । आमा पनि यहीँबाट हुनुहुन्छ । यस्तो अवस्थामा पनि सबै जना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।
भारतले नेपालसँग त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दैछ । रङ्गशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीका रूपमा हेरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ । नेपालले छिमेकी देश भारतसँग सन् २०१८ को विश्व कप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । त्याे खेल गोलरहित बराबरीमा सकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।