एनपीएल क्वालिफायर : कर्णालीले जनकपुरलाई दियाे १ सय १९ रनकाे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा थुप्रिएको फोहर भोलि बुधबारदेखि उठाइने भएको छ । काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले भोलिदेखि फोहर उठाउने निर्णय गरेको हो ।
लामो समय फोहर नउठ्दा अरू समस्या आउने खतरा बढेकाले विसर्जनस्थलको समस्याकै बीच पनि भोलिदेखि फोहोर उठाउने निर्णय भएको मेयर शाक्यले बताउनुभयो । विसर्जनस्थलको समस्या समाधानका लागि अरू निकायसँग समन्वय भइरहेको र अहिले थुप्रिएको फोहर भने भोलिदेखि नै उठाउने उहाँले बताउनुभयो ।
बैठकले फोहर व्यवस्थापनमा समस्या आएमा सुरक्षा बल प्रयोग गरेर भए पनि काम गर्ने निर्णय गरेको छ । काठमाण्डौ महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा फोहोर थुप्रिँदा दुर्गन्ध बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।