नेपाल र पीएनजीबीचको खेल एक्शन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने

 भदौ १५, २०७८ मंगलबार १९:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – एक्शन स्पोर्ट्सले नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने एकदिवसीय शृङ्खलाको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पीएनजीबीच हुने खेलको प्रत्यक्ष प्रसारण गर्ने सहमतिमा आज मङ्गलवार हस्ताक्षर भएको हो ।

सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । 

यस शृङ्खलाको दुई खेल यही भदौ २० र २३ गते ओमानमा हुँदैछ । अहिले नेपाली क्रिकेट टाेली ओमानमा प्रशिक्षण गरिरहेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया