अफगानिस्तानमा आफूलाई सहयोग गर्नेलाई स्थायी बसोबासको व्यवस्था मिलाउने बेलायतको घोषणा

 भदौ १६, २०७८ बुधबार १२:५१:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएफपी

काठमाण्डाै – बेलायतले अफगानिस्तानमा आफ्ना नागरिक र आफूलाई सहयोग गर्नेहरु बेलायतमा स्थायी रुपमा बस्न पाउने घोषणा गरेको छ । यस अघि बेलायतले अफगानिस्तानबाट विस्थापित भएकाहरुलाई पाँच वर्षसम्म बस्न सक्ने योजना ल्याएको थियो ।

बेलायतले अफगानिस्तानबाट पलायन भएर आफ्नो देश आएकाहरुले नयाँ शिराबाट जीवन सुरु गर्न सक्ने पनि बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अफगानिस्तानमा सशस्त्र बलसित काम गर्नेहरुप्रति बेलायत ऋणी रहेको बताउनु भएको छ । उहाँले त्यहाँ रहदा आफ्ना सुरक्षाकर्मीलाई निरन्तर सहयोग  गर्नेहरुलाई बेलायतले पनि सक्दो सहयोग गर्ने बताउनु भएको हो ।

यसैबीच, अफगानिस्तानमा रहेका आफ्ना नागरिकको सुरक्षित उद्धारका लागि तालिबानसँग वार्ता भइरहेको पनि बेलायतले जनाएको छ । अफगानिस्तानमा अझै केही बेलायती नागरिक रहेकाले उनीहरुको उद्धारका लागि वार्ता भएको हो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया