नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – न्युजिल्यान्डसँगको पहिलो टी–२० खेलमा बङ्गलादेश सात विकेटले विजयी भएको छ ।
न्युजिल्यान्डले दिएको ६१ रनको सामान्य लक्ष्य बङ्गलादेशले १५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्याे । बङ्गलादेशका शाकिब अल हसनले २५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १६ ओभर पाँच बलमा अलआउट हुँदै ६० रनमा सीमित भयो । न्युजिल्यान्डका टम लाथम र हेनरी निकोलसले समान १८–१८ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिँदा नसुम अहमद, शाकिब अल हसन र मोहम्मद सइफुद्दिनले दुई–दुई विकेट लिए ।
जितसँगै बङ्लादेशले पाँच खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएको छ । पाँच खेलको टी–२० शृङ्खला खेल्न न्युजिल्यान्ड बङ्गलादेश भ्रमणमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।