सुनील क्षेत्री भन्छन्, ‘आमाकाे प्रेरणाले फुटबलमा आएँ’

 भदौ १६, २०७८ बुधबार २०:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबलमा आएको बताएका छन् । 

नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलकाे एक दिनअघि भएको पत्रकार सम्मेलनका क्रममा सुनीलले आमाको प्रेरणाले आफू फुटबलमा जोडिएको बताएका हुन् । आमाको सहयाेग प्रवृत्तिबाट फुटबलमा लाग्ने वातावरण मिलेको उनले बताए ।

पिताको सिपाही जागिरको सिलसिलामा भारतमा नै हुर्किएका सुनीलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाण्डाैमा छन् । फुटबल खेल सकिएपछि मिलेको खण्डमा नेपालमा भएका आफन्तलाई भेट्न कोसिस गर्ने सुनीलले बताएका छन् ।

भारत देशको भए पनि सुनील नेपाली राम्रोसँग बोल्न सक्छन् र नेपालप्रति उनको बेग्लै माया छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया