काठमाण्डाैमा निषेधाज्ञा हट्याे : सिनेमा हल खाेल्न पाइने, विद्यालय खोल्ने निर्णय पालिकाले गर्न सक्ने

 भदौ १७, २०७८ बिहिबार ७:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञा हटाएर थप आदेश जारी भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा शब्द नराखेर कोरोना सङ्क्रमण रोकथामका लागि थप आदेश भने जारी गरेका हुन् ।

आजदेखि फिल्म हल, दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ । तर भदौ मसान्तसम्म जात्रा, सभाजुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन ।

चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन र व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस्तै काठमाण्डौ उपत्यकाका विद्यालय खोल्ने/नखोल्ने निर्णय पालिकाले नै गर्ने भएका छन् ।

काठमाण्डौ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाको सङ्क्रमणदर न्यून भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने र यसको निर्णय भने पालिकाले नै गर्न सक्ने निर्णय गरेको हो ।

शैक्षिक संस्था सञ्चालन गर्दा भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा पालिकाले निर्णय गर्न सक्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गर्नुभएको आदेशमा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया