आज प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुुई ठाउँमा ठूलो पानी पर्ने

 भदौ १७, २०७८ बिहिबार ८:३६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश-१ मा दिउँसो र गण्डकी प्रदेशमा बेलुकापछि ठूलो पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

प्रदेश-१ र गण्डकी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्रमा बाढी पहिरो जोखिम धेरै रहेको उहाँको भनाइ छ । हिजो पनि गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । मनसुनी गतिविधि केही कमजोर भएसँगै देशका अरु ठाउँमा भने हल्कादेखि मध्यमखालको मात्रै वर्षा हुने मौसमविद् सापकोटाले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज पनि हिजो जस्तै गरी घाम लाग्ने छ । तर, बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया