नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले

 भदौ १७, २०७८ बिहिबार १९:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।  

दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । 

तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् । 

नेपाल र भारतबीचकाे दाेस्राे मैत्रीपूर्ण फुटबल आउँदाे आइतवार दशरथ रङ्गशालामा नै हुनेछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया