टाेकियाे पारा ओलम्पिक : पलेशा ऐतिहासिक पदकबाट वञ्चित

 भदौ १८, २०७८ शुक्रबार २०:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – टोकियो पारा ओलम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धन ऐतिहासिक पदकबाट वञ्चित भएकी छिन् ।

तोक्वान्दोको रेपेचेजतर्फ फाइनलमा चीनकी युजी लीसँग १२–९ ले पराजित भएपछि पलेशा नेपाली खेलकुद इतिहासमा पहिलो पदक जित्नबाट वञ्चित भएकी हुन् । पलेशा चीनकी लीलाई हराएको भए कास्य पदक जित्ने थिइन् ।

यसअघि महिला के ४४ विधाको ५८ केजी तौल समूहका प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएपछि स्वर्ण पदकको सम्भावना सकिएको थियो । त्यसपछि रेपेचेजमार्फत कास्य पदकका लागि पलेशाले क्वाटरफाइनलमा अमेरिकाकी ब्रायना सालिनारोलाई १०–० ले हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् । 

सेमिफाइनलमा पलेशाले सर्बियाकी खेलाडी मिसेभलाई २३–१५ ले हराउँदै चीनकी लीसँग भेट पक्का गरेकी थिइन् । 

ओलम्पिक स्पर्धामा नेपालका कुनै पनि खेलाडीले जित हासिल गरेको यो पहिलो पटक थियो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया