इङ्ग्ल्यान्डलाई भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिनमा ५६ रनको अग्रता

 भदौ १९, २०७८ शनिबार ७:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टिम इङ्ग्ल्यान्डले भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिन ५६ रनको अग्रता बनाएको छ । द ओभलमा दोस्रो दिनको खेल सकिँदासम्म इङ्ग्ल्यान्डले ५६ रनको अग्रता बनाएको हो।

इङ्ग्ल्यान्डलाई अलआउट गर्दै दोस्रो इनिङ्ग्स थालेको भारतले विना विकेटको क्षतिमा ४३ रन बनाएको छ।

भारतका लागि केएल राहुल २२ रनमा अविजित रहँदा रोहित शर्मा २० रनमा अविजित रहेका छन् । यसअघि इङ्ग्ल्यान्ड पहिलो इनिङ्ग्समा २ सय ९० रन जोड्दा अलआउट भएको हो । इङ्ग्ल्यान्डका ओली पोपले ८१ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्ग्समा १ सय ९१ रन जोड्दा अलआउट भएको थियो । दुई टिमबीचको पाँच खेलको सिरिज १–१ को स्थितिमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया