नाओमी ओसाका यूएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिन्

 भदौ १९, २०७८ शनिबार ९:२३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साविक विजेता जापानकी नाओमी ओसाका यूएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् । आज बिहान भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन् । तेस्रो वरीयताकी ओसाकाले पहिलो सेट जिते पनि त्यसपछिको सेट गुमाएकी थिइन् ।

१८ वर्षीया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो सेटमा ७–५ ले जितेकी थिइन् । त्यसपछिको सेटमा ओसाका ७–६, ७–२ र ६–४ ले पराजित भइन् । महिलातर्फ नै जर्मनीकी एन्जलिक केर्बेरले चौथो चरणमा स्थान पक्का गरेकी छिन् ।

केर्बेरले अमेरिकी खेलाडी सलोनी स्टेफेन्समाथि ५–७,६–२ र ६–३ को सेटमा जित हात पारिन् । यस्तै स्पेनकी गार्बिन मुगुरुजा बेलारुसकी भिक्टोरिया एजेरिन्कालाई ६–४,३–६ र ६–२ को सेटमा हराएर चौथो चरणमा पुगेकी छिन्। बेल्जियमकी एलिस मेर्टेन्सले पनि चौथो चरणमा स्थान बनाएकी छिन् ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया