चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ ।
म्याच प्रशारण गर्नका लागि एडप्याड र हाम्रो पात्रोबीच सहकार्य भएको छ । विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्ने जनाइएकाे छ ।
अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रशारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ अथवा लिंक मा क्लिक गर्न सकिनेछ । त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल भर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नुपर्ने हुन्छ । यति गरेसँगै टिकेट खरिद गर्ने पेज खुल्छ । त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राखेपछि टिकट खरिद गरेर ‘वाच नाव’मा थिच्नुपर्छ ।
यो सबै प्रक्रिया पूरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडियाे फिड देखिनेछ । सुरु भइसकेको छैन भने बाँकी रहेको समयको काउन्ट डाउन अर्थात उल्टो गणना देखिनेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ । नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आउँदाे असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।