अफगानिस्तानको पञ्जशिर उपत्यका नियन्त्रणमा लिएकाे तालिबानको दाबी

 भदौ २१, २०७८ सोमबार १७:४:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले पञ्जशिर उपत्यकालाई पनि पूर्णरूपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले एउटा विज्ञप्ति निकालेर नियन्त्रणमा लिन बाँकी रहेको पञ्जशिर उपत्यका पनि नियन्त्रणमा लिएकाे बताएका बीबीसीले जनाएको छ ।

तर पञ्जशिरमा तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले भने तालिबानको दाबीलाई अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अली मेसमले अहिले पनि आफूहरू तालिबानविरुद्ध लडिरहेको भन्दै तालिबानको दाबी गलत भएको बताएका बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका तस्बिरहरूमा तालिबान लडाकु प्रान्तीय गभर्नरको कम्पाउन्डको ढोका अगाडि उभिरहेको देखिएका खबरमा उल्लेख छ । हिजो आइतवार विरोधी गुटको नेता अहमद मसूदले आफूहरू शान्तिवार्ताका लागि इच्छुक भएको बताएका थिए ।

तालिबानले निकालेको विज्ञप्तिमा देशका सबै भूभाग आफूहरूले नियन्त्रणमा लिएकाे भन्दै अफगान नागरिकले अब शान्तिपूर्ण, समृद्ध जीवन, स्वतन्त्रताको आनन्द र भाइचारा प्राप्त गर्ने बताएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया