एमसीसी अघि बढाउने प्रधानमन्त्रीको सङ्केत, बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन

 भदौ २२, २०७८ मंगलबार १८:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियाेजनाकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बारेमा अनावश्यक राजनीति नगर्न आग्रह गर्नुभएको छ । 

नेपाली कांग्रेस संसदीय दलको बैठकलाई आज मङ्गलवार सम्बोधन गर्दै देउवाले एमसीसीको विषयमा बुझेका भन्दा नबुझेकाहरूले धेरै हल्ला गरेको भन्दै अमेरिकाले नेपालको विकासका लागि दिन लागेको सहयोगको बारेमा बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन दिनुभयो । 

‘एमसीसी अहिले एकाएक आएको विषय होइन, लामो कानुनी प्रक्रिया पूरा गरेर यो अवस्थामा आएको हो, यसअघिका धेरै सरकार र नेताहरूले एमसीसीको विषयमा कानुन निर्माण र विकास गरिसक्नुभएको छ’, प्रधानमन्त्री देउवाको सम्बोधन उद्धृत गर्दै नेत्री पुष्पा भुसालले भन्नुभयो, ‘पहिलेका सरकारले यसलाई कानुन बनाएर अघि बढाएको सन्दर्भमा अहिलेको सरकारले अघि बढाउन लागेको हो, यसमा धेरै राजनीति गर्नुहुँदैन र नागरिकलाई भ्रमित बनाउने काम पनि गर्न हुँदैन ।’

अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइनको सुधार र सडकको सुधारका लागि अनुदानका रूपमा एमसीसी परियोजना ल्याएकाले यसबाट नेपालमा हुने विकास र फाइदाबारे बुझ्न र बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिनुभएको छ । 

सङ्घीय संसद्को बैठक भोलि बुधवारका लागि आह्वान भएको छ । यो अधिवेशनमा एमसीसीको प्रस्ताव पेस हुने आकलन गरिएका बेला प्रधानमन्त्री देउवाले आज सांसदहरूलाई यस विषयमा आवश्यक निर्देशन दिनुभएको हो ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया