चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा अमेरिकालाई हरायाे । सम्हालिएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बताएका छन् । दुवैले आउँदा खेलमा पनि टोलीका लागि अझै मेहनत गर्ने बताए ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा हिजाे साेमवार नेपालले अमेरिकालाई पाँच विकेटले हराउँदै शृङ्खलामा सुखद सुरुवात गर्याे । दुई सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्दा नेपालले सानदार जित निकालेको हो । शृङ्खलाकाे सुखद सुरुवात गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय पारी खेल्दा ९३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।
युवा ब्याट्सम्यान कुशलले करिअरकै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतकसमेत बनाएपछि टोलीका लागि खेल्न पाउँदा खुसी लागेको बताए । आफू शतकबाट चुकेको भए पनि टिमको जित निकै महत्त्वपूर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए ।
सुरुवात राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेलले ६२ रनको अविजित अर्धशतकीय पारी खेल्दै नेपाललाई जिततर्फ डोराएका थिए । यस क्रममा पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्दा खुसी लागेको बताए । उनले सुरुवात अलि ढिला भए पनि अन्त्यतिर लयमा आएको बताए ।
यस्तै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको दुवै ब्याटिङ र बलिङमा नेपालको प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिए । खेलमा ब्याटिङ गर्न सजिलो देखिएपछि रन लिनलाई कठिन भएको प्रतिक्रिया कप्तान ज्ञानेन्द्र मल्लले दिए । घरेलु टोलीसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण रहेको ज्ञानेन्द्रले बताए ।
शृङ्खलाअन्तर्गत आजै नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दै छ । कठिन मानिएको टोलीविरुद्ध नेपालले नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे प्रतिस्पर्धा गर्दै छ । लिग–२ को शृङ्खलाअन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो । त्यही कारण नेपाली टोली सुखद नतिजाको खोजीमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।