ओमानसँगकाे खेलमा आसिफ शेखकाे अर्धशतक

 भदौ २९, २०७८ मंगलबार १७:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै –  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगको खेलमा अहिले ब्याटिङ गरिरहेकाे छ । 

खेल चलिरहँदा नेपालका आसिफ शेख अर्धशतक बनाएर खेलिरहेका छन् । ६२ बलमा अर्धशतक बनाएका आसिफले पाँच चाैका प्रहार गरेका छन् । उनलाई राेहित पाैडेलले साथ दिइरहेका छन् । 

यसअघि कुशल भुर्तेल शून्यमै आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । 

अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले याे समाचार तयार पार्दासम्म २२ ओभरमा दुई विकेट ९७ रन बनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया