सबै खाले क्रिकेटबाट सन्न्यास लिने मालिंगाको घोषणा

 भदौ २९, २०७८ मंगलबार १९:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – श्रीलङ्काका भेट्रान बलर लासिथ मालिंगाले सबै खाले क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

मङ्गलवार ट्विटरमा एक पोस्ट लेख्दै श्रीलङ्काका पूर्वकप्तान तथा विश्व कप विजेता खेलाडी मालिंगाले सबै खाले क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलङ्काले सन् २०१४ मा टी–२० विश्व कप जितेको थियो ।

३० टेस्ट, दुई सय २६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८४ टी–२० अन्तर्राष्ट्रिय खेलेका मालिंगाले पाँच सय ४६ विकेट लिएका छन् । मालिंगाले अन्तिम पटक श्रीलङ्काका लागि गएको वर्षको मार्चमा वेस्ट इन्डिजसँग टी–२० सँग खेलेका थिए । 

विशेषगरी योर्कर बलिङका लागि चिनिने मालिंगाको नाममा दुई वटा टी–२० ह्याट्रिक पनि छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया