नेपालले ओमानलाई दियाे १ सय ९७ रनकाे लक्ष्य

 भदौ २९, २०७८ मंगलबार १९:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालकाे पुरुष क्रिकेट टोलीले ओमानलाई १ सय ९७ रनकाे लक्ष्य दिएकाे छ । 

अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४७ ओभर ४ बलमा १ सय ९६ रन बनाउँदै अलआउट भयाे ।

नेपालका लागि आसिफ शेखले ९० रन बनाए । एक सय १२ बल खेलेका आसिफले सात चाैका र एक छक्काकाे मद्दतमा ९० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनकाे याे पहिलाे अर्धशतक हाे । त्यस्तै ज्ञानेन्द्र मल्ल र करण केसीले २१, राेहित पाैडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । 

बलिङतर्फ ओमानका बिलाल खानले चार विकेट लिए । त्यस्तै नेस्ताेर धाम्बाले दुई विकेट लिए । 

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतियाेगिताअन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया