बार्यनसँग बार्सिलोना तीन–शून्य गोलले पराजित

 भदौ ३०, २०७८ बुधबार ८:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बार्यन म्युनिखले बार्सिलोनालाई तीन शून्यले हराएको छ । 

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । बार्यनले बार्सिलोनालाई उसकै मैदानमा हराएको हो । खेलको ३४ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले दोस्रो हाफमा दुई गोल थप्यो । 

५६ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । त्यस्तै खेलको ८५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । बार्यनले समूह ई मा पहिलो तीन अंक जोडेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया