च्याम्पियन्स लिग : रोनाल्डोले गोल गरे पनि म्यानचेस्टर यूनाइटेड पराजित

 भदौ ३०, २०७८ बुधबार ८:३७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर यूनाइटेड पराजित भएको छ । योङ ब्वाइजले म्यानचेस्टर यूनाइटेडलाई २–१ गोलले हरायो । 

क्रिस्टियानो रोनाल्डोले यूनाइटेडका लागि एक गोल गरे । खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दिलाएका थिए । रोनाल्डोको यो १ सय ३५ औं च्याम्पियन्स लिग गोल हो । 

तर यूनाइटेडले अग्रता जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा आरोन वान बिसाका रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो । 

खेलको ६६ औं मिनेटमा योङ ब्वाइजका निकोलस गाम्लेउले बराबरी गोल फर्काए । त्यस्तै इन्जुरी समयमा थियोसन जोर्डनले गोल गरेपछि योङ ब्वाइज २–१ ले विजयी भयो । 

जितसँगै समूह एफ मा रहको योङ ब्वाइजले ३ अंक जोडेको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया