श्रीलंकासँगको टी–ट्वान्टी श्रृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्वीप

 भदौ ३०, २०७८ बुधबार १२:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – घरेलु टोली श्रीलंकासँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रीकाले क्लिन स्वीप गरेको छ । कोलम्बोमा गएराति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १० विकेटले हराउँदै श्रृंखला ३–० ले क्लिन स्वीप गरेको हो । 

श्रीलंकाले दिएको १ सय २१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १४ ओभर ४ बलमा विना विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाका क्विनटन डी ककले ५९ र रिजा हेन्ड्रिक्सले ५६ रनको अर्धशतकीय पारी खेले । पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । 

श्रीलंकाका कुशल परेराले सर्वाधिक ३९ रन जोडे । दक्षिण अफ्रिकाका कागिसो राबडा र फोर्टुनले २/२ विकेट लिए । पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिका २८ रन र दोस्रो टी–ट्वान्टीमा ९ विकेटले विजयी भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया