रोहित पौडेलको प्रशंसा गर्दै भारतीय पत्रिका दैनिक भास्करले लेख्यो– ‘सुपरम्यान क्याच’

 भदौ ३१, २०७८ बिहिबार १५:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको नेपाल र ओमानबीच भएको खेलमा रोहितकुमार पौडेलले लिएको क्याचको चर्चा चुलिएको छ । बाउन्ड्री लाइनमा उफ्रिँदै रोहितले लिएको क्याचको प्रशंसा आईसीसीले पनि गरेको थियो । 

अहिले आएर भारतीय पत्रिका दैनिक भास्करले पनि रोहितले लिएको क्याचको प्रशंसा गरेको छ । दैनिक भास्करले लेखेको छ, ‘नेपाल र ओमानबीच भएको खेलमा रोहित पौडेलले बाउन्ड्री लाइनमा उफ्रिँदै एक अचम्मको क्याच लिए ।’

दैनिक भास्करले रोहितले क्याच आउट गरेको भिडियो राख्दै ‘सुपरम्यान बने रोहित’ भनेर लेखेको छ । 

२६ औँ ओभरमा नेपालका कुशल मल्लको तेस्रो बलमा ओमानका जतिन्दर सिंहले लंग अनतर्फ एक शट खेलेका थिए । जतिन्दरको शट हेर्दा त्यो बलले सजिलै बाउन्ड्री लाइन पार गर्ने लागेको थियो, तर रोहितले त्यो बल क्याच आउट गरे । 

रोहित भाग्दै बाउन्ड्री लाइन नजिक पुगे र हावामा उड्दै, एक हातले बललाई बाउन्ड्री लाइन भन्दा भित्र फ्याँक्दै, हावामा उफ्रँदै बल क्याच गरे । जसका कारण जतिन्दर एक सय सात रन बनाएर पभेलियन फर्के । यो खेल ओमानले पाँच विकेटले जितेको थियो ।   

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया