विराट काेहलीले विश्व कपपछि टी–२० काे कप्तानी छाड्ने

 भदौ ३१, २०७८ बिहिबार १८:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतीय क्रिकेट टिमका कप्तान विराट काेहलीले टी–२० टिमकाे कप्तानबाट हट्ने घाेषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै काेहलीले यस्ताे घाेषणा गरेका हुन् । 

आउँदाे महिना यूएईमा हुने टी–२० विश्व कपपछि टी–२० टिमकाे कप्तानबाट हट्ने काेहलीले बताएका छन् । 

विराट कोहलीले ट्विटरमा लेखेका छन्, ‘याे निर्णय लिने अवस्थामा पुग्न सहज थिएन । रवि भाइ र राेहितसँगकाे लामाे कुराकानीपछि टी २० विश्व कपपछि टी २० काे कप्तानी छाड्ने निर्णय लिएकाे हुँ ।’ 

केही दिन अघिदेखि भारतीय मिडियामा क्रिकेट टिमकाे कप्तानीलाई लिएर समाचार आइरहेका थिए । भारतीय टिममा टी २० र एकदिवसीयका लागि छुट्टै कप्तान र टेस्ट क्रिकेटका लागि छुट्टै कप्तान रहने समाचार आइरहेका थिए । 

यद्यपि भारतीय क्रिकेट बाेर्डका उपाध्यक्ष राजीव शुक्लाले यी समाचार सही नभएकाे बताएका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया