त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्दै

 असोज १, २०७८ शुक्रबार ८:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुँदैछ । गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।

आज पनि जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रने छ । सोमवार अमेरिकालाई हराएको नेपाल गएको मङ्गलवार ओमानसँग भएको खेलमा भने पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।  ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया