सुरक्षा कारण देखाउँदै न्युजिल्यान्डले पाकिस्तानसँगकाे शृङ्खला रद्द गर्‍याे

 असोज १, २०७८ शुक्रबार १७:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्डले पाकिस्तानसँगको शृङ्खला रद्द गरेको छ । पाकिस्तानसँगको पहिलो एकदिवसीय खेल सुरु हुनुअघि न्युजिल्यान्डले भ्रमण रद्द गरेको हो । न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पहिलो एकदिवसीयका लागि रावलपिन्डी स्टेडियममा जान अस्वीकार गरेको हो । 

न्युजिल्यान्ड टोली १८ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्न आएको थियो । दुई टोलीबीच रावलपिन्डीमा तीन एकदिवसीय क्रिकेट खेल्ने तालिका थियो । त्यसपछि लाहोरमा पाँच टी–२० को शृङ्खला खेल्ने कार्यक्रम पनि थियो । 

न्युजिल्यान्डले विज्ञप्तिमा भनेको छ, ‘पाकिस्तानमा खतराको स्तर बढेकाले र न्युजिल्यान्ड सुरक्षा सल्लाहकारसँग परामर्श गरेपछि न्युजिल्यान्डले यो भ्रमण नगर्ने निर्णय लिइएको हो ।’

अब टोली फर्किने तयारी गरिरहेको न्युजिल्यान्ड क्रिकेटले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया