ज्ञानेन्द्र बने नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

 असोज १, २०७८ शुक्रबार २०:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत आज शुक्रवार अमेरिकासँगको खेलमा ५५ रन बनाएका कप्तान मल्लले कीर्तिमान बनाएका छन् । आजको रनसँगै ज्ञानेन्द्रले एकदिवसीयमा तीन सय ६६ रन बनाएका छन् ।

यसअघि पूर्वकप्तान पारस खड्का तीन सय १५ रनसहित नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी थिए ।

यसैबीच अमेरिकासँगकाे खेलमा नेपाल एक सय ७४ रनमै अलआउट भएकाे छ । टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपाल ४८ ओभरमा एक सय ७४ रनमा समेटिन पुग्याे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया